काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ४ दर्जन केन्द्रीय सदस्यहरु पार्टी एक बनाउने भन्दै आन्तरिक छलफलमा जुटेका छन् । शनिवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले आफू धेरै नै अफ्ठ्यारो अवस्थामा रहेको र मन्त्रीहरुलाई कित्ताकाट भएर लाग्न भनेका थिए ।
प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिपछि ठाकुर गैरे, पार्वत गुरुङ लगायतका केन्द्रीय सदस्यहरुले पार्टीमा दवाव सिर्जना गर्ने र एकताको बाटोमा लैजाने भन्दै शनिवार राति भर्चुअल मिटिङमा गरेको स्रोतले जनाएको छ । यसैबीच नेकपाका अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग भेट्नु पहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटघाट गरेको थिए । जसलाई महत्वपूर्ण मानिएको छ ।
पार्टीलाई एक हुन आह्वान गर्दै नेकपाका नेताहरुले पार्टी कार्यालय धुम्बाराहीमा शुक्रवार र शनिवार धर्ना समेत दिएका थिए । तीनै समुहले पार्टीलाई कसरी सुदृढ बनाएर लैजाने भन्ने विषयमा आन्तरिक सहमती जुटाउन भर्चुअल बैठक बसेको बुझिएको छ ।
पछिल्लो समय नेकपाको आन्तरिक किचलो बढेका बेला सत्तारुढ दलकै धेरै नेताहरुले प्रधानमन्त्री ओलीको राजिनामा माग गरिरहेका छन् । स्थायी कमिटिको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिन भनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया