काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एक रहने सम्भावना निकै कम रहेको बताएका छन् ।
शनिवार साँझ आफ्नो नेतृत्वको मन्त्रीपरिषद्मा रहेका मन्त्री तथा राज्यमन्त्रीहरुलाई त्यस्तो बताएका हुन् ।
पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवाद चरम अवस्थामा पुगेको छ ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटि बैठकमा प्रम ओलीसँग प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा मागेका थिए ।
विवाद झन झन बढिरहेकाले नेकपा एक रहने सम्भावना निकै कम रहेकाले त्यसलाई बचाउन आफूले अथक प्रयास गरिरहेको र त्यसमा सहयोग गर्न प्रम ओलीले बैठकमा उपस्थित सबैलाई आग्रह गरेको एक मन्त्रीले लोकपथलाई बताए ।
यसअघि आज नै बैठक शुरु हुनुभन्दा केही अघि प्रम ओली राष्ट्रपति भण्डारी भेट्न शीतलनिवास पुगेका थिए । पार्टीभित्रको आन्तरिक विवाद बढिरहेका बेला राष्ट्रपतिसँगको भेटघाट बढाइरहेका छन् । जसलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया