काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले स्थायी समितिका एजेण्डासँग संसद कारवाहीले मेल नखाने बताएकी छिन् ।
सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकका एजेण्डा र संसद अधिवेशनको कुराहरु नितान्त फरक भएको उनले बताईन् । संसद कहिले सुरु गर्ने, कहिले अन्त्य गर्ने, संसदलाई के विजनेश दिने भन्ने कुरा सरकारको भएकाले नेकपाको स्थायी समितिका एजेण्डासँग कुनै पनि हालतमा मेल नखाने बताईन् ।
बजेट ल्याउनका लागि मात्रै सरकारले संकटको बेला संसद अधिवेशन सुरु गरेको उल्लेख गर्दै उनले अहिले छलफलका कुनै एजेण्डा र विजनेश नभएकाले बन्द भएको बताईन् । उनले भनिन्, ‘‘पार्टीको स्थायी समिति बैठकका एजेण्डा र चालु संसद अधिवेशन मेल खाँदैन ।
अधिवेशन कहिले बोलाउने, कहिले बन्द गर्ने, संसदलाई के विजनेश दिने त्यो सरकारको कुरा हो । हामीले बजेट ल्याउनु थियो । यस्तो महामारीमा पनि अधिवेशन बोलाउनु पर्यो बोलायौँ । बजेट पास भयो केही विधेयकहरु छलफल गर्नुपर्ने थिए सहमति जुटेन विजनेश थिएन् । संसद भनेको रत्यौली खेल्नका लागि चलाइरहने संस्था होइन् नी । त्यसैले रत्यौली खेल्न संसद चाहिएन् । एजेण्डा थिएन विजनेश थिएन सरकारले रोक्यो । यसमा स्थायी समिति र यसको कहि मेल खाँदैन ।’’
९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवशरमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले पछिल्ला घटनाक्रमहरुले विकास निर्माणका काममा अवरोध पुर्याएको पनि बताईन् । सरकारले व्यवसायीहरुमाथिको जोखिम न्यूनिकरणका लागि काम गरिरहेको भएपनि अहिले परिस्थितिले जोखिम सिर्जना गरेको उनको भनाई छ । विकास निर्माणका क्षेत्रमा सरकारले गरेका कामहरुको परिणाम देखिने समयमा अहिलेको परिस्थितिले ‘डिस्र्टब’ गरेको उनको भनाई छ ।
राजनीतिक दलहरुभित्र बहस, छलफल, आलोचना र आत्मालोचना हुने भएपनि अशिष्ट ढंगले भयो भने त्यसले नकारात्मक परिणाम ल्याउने उनले बताईन् । पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने विश्वास उनले व्यक्त गरिन् । उनले कसैको आलोचना गर्दा कागज पोलेर खरानी हुनेगरी गर्न नहुने जिकिर गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया