काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उपचाररत उनको आज (शनिबार) बिहान ०५:०५ बजे मृत्यु भएको अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन थापाले जानकारी दिए ।

डाक्टर थापाका अनुसार उपचाररत उनको पीसी आर परीक्षण गरिएकोमा गए राति ०९:५५मा कोरोना पोजेटिभ देखिएको थियो । साथै उनलाई मधुमेहबाट पीडित उनलाई निमोनिया देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको थियो ।
गोरखामा कोरोना संक्रमणबाट भएको यो पहिलो मृत्यु हो । मृतक हालै कतारबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । उनी असार १६ गते कतारबाट नेपाल आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया