पार्टी विभाजन गर्ने पक्षमा ओली, बालुवाटारमा सुनाए यस्तो निर्णय

दुबै पद नछाड्ने बरु पार्टी फुटाउने दाउमा ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्नेसम्मको योजना बनाएका छन् । उनले आफूले कुनैपनि पद नछोड्ने बरु पार्टी नै फुटाउने बताएका हुन् ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको संवादमा ओलीले यस्तो बताएका हुन् ।

नेकपाभित्र ओलीले आफ्नो सरकार ढाल्न पार्टी र भारतको हात रहेको अभिव्यक्ति दिएसँगै विवाद उत्पन्न भएको थियो । विवाद मिलाउने प्रयासस्वरुप ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माबीच बालुवाटारमा भएको छलफलमा ओलीले यस्तो बताएका थियो । सो छलफलमा प्रचण्डले दुबै पद छाड्न भन्दा यसो भनेका हुन् ।

बालुवाटार बैठकपछि प्रचण्डले खुमलटारमा ओली विरोधी खेमासँग छलफल गरेका थिए । सो छलफलमा बालुवाटारमा भएको कुराबारे जानकारी गराउँदै ओलीले पद नछाड्ने बरु पार्टी फुटाउने निर्णय सुनाएको जानकारी गराएका थिए ।

बालुवाटारमा झण्डै ३ घण्टा चलेको बैठकमा ओलीले आफ्नो लम्बेतान कुरा सुनाउँदै आफूले नक्सा जारी गर्नेदेखि भारतसँग सिंगोरी खेल्दा उल्टै हटाउने खोजिएको भन्दै गुनासो गरेका थिए । सो क्रममा नेताहरुबीच चर्काचर्की समेत भएको थियो ।

स्थायी समिति बैठकले ओलीसँग वार्ता गरेर सहमति जुटाउन प्रचण्डलाई कार्यादेश दिएपनि आज दिनभर सहमति बन्नुको साटो ओली थप आक्रामक बनेका हुन् ।

यसअघि स्थायी समिति बैठकमा ओलीले आइतबार दिएको अभिव्यक्तिलाई दिएर गर्मागर्मी बहस भएको थियो भने ओलीको चर्को आलोचना भएको थियो । यहीबीचमा ओलीले राजीनामा दिनुपर्ने मत बलियो बन्दै गएको हो।

कतिपयले ओली आफू अफ्ट्यारोमा परे अध्यादेश ल्याएर पार्टी फुटाउने योजनाका साथ अघि बढेको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?