क्वारेन्टाइन व्यवस्थापनमा सरकार चुक्यो: मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले क्वारेन्टाइन व्यवस्थापनमा सरकार चुकेको बताएका छन् ।

कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयास सकारात्मक भएपनि क्वारेन्टाइन व्यवस्थापनमा चुकेको उनले बताए । क्वारेन्टाइनको राम्रो व्यवस्था नहुँदा संक्रमण बढेको उनले बताए ।

उनले भारतीय सीमा क्षेत्र खुला भएका कारण नेपालमा कोरोना संक्रमण रोकथामको ठूलो चुनौती रहेको बताए । नाका बन्द हुँदा पनि सहज ढंगले मानिसहरुको आवतजावत भएका कारणले पनि संक्रमणको दर बढेको बताए । मन्त्रालयले आफ्नो तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सीमा क्षेत्रबाट निर्वाध रुपमा नेपाल भित्रिने क्रम बढेपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएको बताए । विश्वका अन्य मुलुकहरुको अवस्था हेर्दा नेपाल सरकारले गरेका प्रयासहरु सकारात्मक रहेको उनले बताए ।

सरकारले संक्रमण नियन्त्रणका लागि राम्रा कामहरु गरेपछि केही विरोधका लागि विरोध गरेको उनले बताए । नियतबस खोट लगाउनु बाहेक अरु हिसाबले खोट लगाउनुपर्छ जस्तो आफुलाई नलागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?