पोखरामा प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुको प्रदर्शन

काठमाडौं । पोखरामा प्रधानमन्त्री फेर्ने र अस्थिरता निम्त्याउने काम नगर्न पार्टी नेतृत्वलाई सचेत गराउँदै युवाहरु प्रदर्शनमा उत्रेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारुढ नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको बेलामा पोखरामा युवाले प्रदर्शन गरेका हुन् ।

पानी पर्दा पनि रेनकोट र छाता आढेर सत्तारुढ दल नेकपाकै युवाहरुले प्रदर्शन गरेका छन् ।

त्यस्तै, हिजो (बिहिवार) ‘सरकार ढाल्न पाइँदैन’ भन्दै प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइदैन भन्दै बिहीबार युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका थिए ।

उनीहरुले प्रधानमन्त्री ओलीको फोटो सहित ‘देशको मुहार फेर्नुछ साथी पार्टी भन्दा राष्ट्र माथी’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए । उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिदैन, सरकार ढाल्न पाइदैन’ लगायतका नारा लगाएका थिए ।

यो पनि पढ्नुहोस् : ‘सरकार ढाल्न पाइँदैन’ भन्दै प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

  • फाइल फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?