काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण भित्र्याएको भन्दै आफू र आफ्नो मन्त्रालयलाई आलोचना गरिएकोमा गुनासो गरेका छन् ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा केही केशहरु प्लेन चढेर नेपाल के आएको तर सारा मिडियामा, सोसल मिडियामा कोरोना ल्याउनेचाहिँ पर्यटनमन्त्री, पर्यटन मन्त्रालय भन्दै आलोचना गरेको भन्दै गुनासो गरेका हुन् ।
उनले भने, “जम्मा दुईटा कि तीन वटा केश प्लेन चढेर नेपाल के आएको थियो सारा मिडियामा, सोसल मिडियामा कोरोना ल्याउनेचाहिँ पर्यटनमन्त्री, पर्यटन मन्त्रालय । मेरो नामै कोरोनामन्त्री भयो सुरुमा”, उनले थपे, ‘’आज १५ हजारजति कोरोना पुगिसकेको छ । कहाँबाट आयो त त्यो प्लेन चढेर आयो ? प्लेन चढेर त आएन त्यो अन्यत्रबाट आयो । तर सुरुमा मेरो नाम नै त्यस्तो बनाइदिए ।”
मन्त्री भट्टराईले पत्रकार सम्मेलनका क्रममा शुरुमा कोरोना फैलिएजस्तै अहिले पर्यटन क्षेत्र खुला गर्ने सन्दर्भमा पनि होसियारी अपनाउनुपर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया