काठमाडौं – नेपालमा हिजो (बिहिबार) थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५ सय १९ पुगेको छ । जसमध्ये महिला १, ८८३ जना छन् भने पुरुष १२ हजार ६३६ जना छन् । हिजो (बिहिबार) पुष्टि भएका १०९ जना महिला र ३६४ जना पुरुष संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दी जिल्ला धौलागिरी नगरपालिका वडा नम्बर ४ का ४९ दिनका एक शिशुको असार १७ गते साँझ ४ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
नेपालमा ७ प्रदेश मध्ये हिजो (बिहिबार) सबैभन्दा धेरै सुदूरपश्चिममा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा अहिलेसम्म ५ हजार ३ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् । हिजो (बिहिबार) नेपालमा कोरोना संक्रमणमुक्त हुनहरुको संख्या ६६४ रहेको छ ।
यस्तो छ प्रादेशीक विवरण :
हालसम्म प्रदेश १ मा : ६ सय ३६ जना
प्रदेश २ मा : ३ हजार ९ सय ९ जना
बागमती प्रदेशमा : ५ सय ५ जना
गण्डकी प्रदेशमा : १ हजार ८४ जना
प्रदेश ५ मा : ३ हजार ८ सय ५३ जना
कर्णाली प्रदेशमा : १ हजार ५ सय १२ जना
र सूदुरपश्चिम प्रदेशमा : ३ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।
यी जिल्लामा छन् ५ सय बढी संक्रमित :
प्रदेश २ मा पर्ने : महोत्तरी, रौतहट, सर्लाही
प्रदेश ५ मा पर्ने : कपिलवस्तु, पाल्पा, दाङ
कर्णाली प्रदेशमा पर्ने : दैलेख
सुदुरपश्चिम प्रदेशमा पर्ने : कैलाली
थपिएका संक्रमितको विवरण यस्तो छ :
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा : सुनसरीका ३ जना पुरुष,मोरङको ४ जना महिला र २ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : झापाका १ जना पुरुष
गजेन्द्र नारायण सिंह राजविराज प्रयोगशालामा गरिएको परिक्षणमा : सप्तरीका १ जना महिला र ९ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका ४ जना महिला र २६ जना पुरुष र महोत्तरीका १ जना महिला र १२ जना पुरुष
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : अछामका ५ जना महिला र २६ जना पुरुष,बझाङका ११ जना महिला र २४ जना पुरुष,डोटीका १० जना महिला र ४८ जना पुरुष,कैलालीका ४० जना महिला र १२५ जना पुरुष र कनञ्चपुरका ६ जना महिला र २५ जना पुरुष र खोटाङका १ जना पुरुष
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा : ललिपुरका १ जना पुरुष
भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : चितवनका १ जना महिला र १ जना पुरुष
त्रिबि विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा : बर्दियाका १ जना महिला भक्तपुरका २ जना पुरुष, दाङका २ जना पुरुष,धादिङ्का १ जना महिला,दोलखाका १ जना महिला र १ जना पुरुष,गोरखाका १ जना पुरुष, काठमाडौंका १७ जना महिला र ११ जना पुरुष,काभ्रेपलान्चोकका १ जना पुरुष र ललितपुरका १ जना पुरुष,मकवानपुरका १ जना महिला,पाल्पाका १ जना महिला रामेछापका १ जना पुरुष,रुपन्देहीका १ जना पुरुष,सिन्धुलीका १ जना पुरुष,उदयपुरका १ जना महिला,नवलपरासीका १ जना पुरुष,सिन्धुपालचोकका १ जना पुरुष,अर्घाखाँचीका २ जना पुरुष र सुनसरीका १ जना पुरुष
टेकु अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : नुवाकोटका १ जना पुरुष,रसुवाका १ जना महिला र सिन्धुपाल्चोकका १ जना महिला र २ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका १ जना पुरुष,पर्वतका २ जना पुरुष,तँनुहका ३ जना पुरुष र स्याङजाका २ जना पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा : कास्कीका १ जना पुरुष,लमजुङका १ जना महिला र १५ जना पुरुष
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा : दाङका २ जना पुरुष
स्वास्थ्य सेवा कार्यालय दैलेखमा गरिएको परिक्षणमा : दैलखका ३ जना पुरुष
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा : कालीकोटका १ जना पुरुष
१०९ जना महिला र ३६४ जना पुरुष = ४७३ जना संक्रमित थपिएका
काठमाडौंमा एकैदिन थपिए २८ संक्रमित :
काठमाडौंमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १७ महिला र ११ पुरुष रहेका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको स्वाब परीक्षणमा हिजो २८ जनामा संक्रमण देखिएको हो । १७ जना महिला र ११ जना पुरुष गरी कुल २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा मात्रै लगातार ३ दिनदेखि संक्रमित तिव्र रुपले बढीरहेका छन् ।
काठमाडौं लगायत भक्तपुर, ललितपुर र घना बस्ती भएका शहरमा कोरोनाको संक्रमण तीव्र रुपमा बढिरहेको भन्दै जोखिम बुझेर सचेत रहन मन्त्रालयलेअनुरोध गरेको छ । संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
कति भयो जाँच ?
हिजो सम्म ४ हजार ५ सय ३७ पीसीआर परीक्षण भएको छ । हाल सम्म कुल २ लाख ३७ हजार ७ सय ६४ पीसीआर परिक्षण भएको छ । सरकारले पीसीआर परीक्षणलाई बढाउन थप २ वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला थप गरेको छ । यससँगै कुल २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुने छ ।
क्वारेन्टाइनमा कति छन् ?
देशभर रहेका विभिन्न क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना व्यक्ति रहेका छन् । यस्तै विभिन्न अस्पतालहरुमा १० हजार १ सय ३७ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया