काठमाडौं । बिहीवार संसदलाई जानकारी नै नदिइ सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेको विषयमा यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।
यसैक्रममा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नाटकिय ढंगबाट संसदको अधिवेशन अन्त्य हुनु निरंकुशता र भष्ट्रतन्त्र जोगाउने षडयन्त्र भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता केसीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थिरता र समृद्धिको सपना बाँडेर आफैँ अन्तरध्वंसी प्रवृतिबाट विनास उन्मुख रहेको आरोप समेत लगाएका छन् ।
साथै कांग्रेस अस्थिरताको कारक र सत्ताको भागबन्डामा रुमल्लिने नभइ प्रतिपक्षी जनादेश भएको भुल्न नहुने पनि स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्, “संसद अधिवेशन नाटकिय रूपबाट अन्त्य, निरंकुशता र भ्रष्टतन्त्र जोगाउने षड्यन्त्र हो। स्थिरता र समृद्धिको सपना बाँडेर सत्तासीन नेकपा आफै अन्तरध्वंसी प्रवृत्तिबाट विनास उन्मुख छ।नेका न अस्थिरताको कारक,न सत्ताको भागबन्डामा रुमल्लिनेहो अझ सशक्त प्रतिपक्षी नै जनादेशहो भन्ने भुल्नुहुँदैन।”
संसद अधिवेशन नाटकिय रूपबाट अन्त्य, निरंकुशता र भ्रष्टतन्त्र जोगाउने षड्यन्त्र हो। स्थिरता र समृद्धिको सपना बाँडेर सत्तासीन नेकपा आफै अन्तरध्वंसी प्रवृत्तिबाट विनास उन्मुख छ।नेका न अस्थिरताको कारक,न सत्ताको भागबन्डामा रुमल्लिनेहो अझ सशक्त प्रतिपक्षी नै जनादेशहो भन्ने भुल्नुहुँदैन।
— Arjun Narasingha Kc (@ArjunNarasingha) July 2, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया