काठमाडौं । सरकारले संसदलाई जानकारी नै नदिई संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेको कुराको चौतर्फी आलोचना भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाई अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिसको लागि पठाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल त्यसलाई स्वीकार गरी संसद सचिवालयमा पठाएको विषयमा सरकार तथा राष्ट्रपतिको आलोचना भइरहेको छ ।
यसै क्रममा साझा पार्टीका नेता रविन्द्र मिश्रले राष्ट्रपति भण्डारी ओली गुटका नेता हुन् कि भन्दै प्रश्न गरेका छन् । बारम्बार ओली गुटका नेताको जस्तो व्यवहार गरेको भन्दै उनले त्यस्तो प्रश्न गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति ओलीलाई संकटबाट बचाउँने साधन नभइ गणतन्त्रको गहना भएकाले संविधान पालक र रक्षक हुनुपर्ने बताए ।
उनले भनेका छन्, “के राष्ट्रपति ओली गुटुका नेता हुन् होइनन् भने बारम्बार राष्ट्रपतिले ओली गुटका नेताको जस्तो व्यवहार गर्न मिल्छरु राष्ट्रपति गणतन्त्रका गहना हुन्। राष्ट्रपति संविधानका पालक र रक्षक हुन्। ओलीलाई संकटबाट बचाउने साधन होइनन्। सिँगो गणतन्त्रको खिल्ली नउडाऊँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया