काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमालटारमा बसेको बैठकले पार्टीमा एक अर्का मिलेर जानुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।
बिहीवार बिहान छलफलमा ओली पक्षका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल, सल्लाहकार विष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।
पछिल्लो समय नेकपाको आन्तरिक कलह उत्कर्षमा पुगेको छन् । पछिल्लो समय बसिरहेको स्थायी कमिटि बैठकमा एक अर्काबीच मुखै फोरेर प्रधानमन्त्रीको राजिनामा माग्ने काम भइरहेको छ । यसैबीच दुबै अध्यक्षले आफु निकटका नेताहरुलाई बोलाई छुट्टा छुट्टै बैठक गरिरहेका छन् ।
बुधवार बिहान अध्यक्ष ओलीले आफूनिकटका मन्त्री एवम् नेताहरुलाई मात्र बोलाई छलफल गरेका थिए । भने अर्का अध्यक्ष प्रचण्डले माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापाबादल लगायत थुप्रै नेताहरु बैठक बसि ओली विरुद्ध लाग्ने रणनीति तयार गरेका थिए ।
आजको बैठकमा सहभागी एक नेताले ठोस निर्णय नभएको तर पार्टीमा मिलेरै जानुपर्ने साथै समस्या समाधानका लागि दुई अध्यक्ष छलफल गरेर गर्नुपर्छ भन्ने कुरा निष्कर्ष निस्किएको तर्क उनको रहेको छ ।
आजको बैठकमा प्रचण्ड सहित प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाल लगायत सहभागी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया