काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने केन्द्रीय सचिवालयका ६ नेता एकमत भएका छन् ।
पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी ६ जना नै सचिवालय सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय समेत बैठकले निकालेको छ ।
असार १० गतेबाट बसेको नेकपा स्थायी कमिटि बैठकमा निरन्तर प्रधानमन्त्री ओलीको आलोचना र राजिनामा समेत मागिरहेका छन् । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई नेकपा स्थायी समिति बैठकमा मुखै फोरेर अध्यक्ष दाहालले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजिनामा मागेका गरेका थिए ।
यसअघिका गुटगत बैठकमा गृहमन्त्री थापा सहभागी हुने नगरेपनि अहिलेको बैठकमा सहभागी भएका छन्, जसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बैठकमा प्रचण्ड र माधव नेपाल पक्षधर स्थायी समिति सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया