अत्यावश्यक परीक्षण गरी फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित श्वास्थ्य परीक्षण गरी निवास फर्किएका छन् ।

बुधवार दिउँसो नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली बासबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र पुगेका थिए ।

अत्यावश्यक परीक्षण पश्चात निवास फर्किएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?