काठमाडौं । नेपालमा हालसम्म २ हजार बढी बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म २ हजार ६१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
पछिल्लो समय बालबालिकामा कोरोना संक्रमणको जोखिम थपिएको उनले बताए ।
बालबालिकामा कोरोना संक्रमण भएमा अभिभावकमा छिटो सर्ने भएकाले उनीहरुलाई सकेसम्म घरमा नै राख्नको लागि समेत आग्रह गरेका छन् । नियमित पत्रकार सम्मेलनका क्रममा उनले भने, “नेपालमा १८ वर्षमुनिका २ हजार ६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, बालबालिकाहरूबाट अरूमा सर्नेदर बढी हुने हुँदा अभिभावकहरू सचेत भएर उनीहरूलाई सकेसम्म घरमै राख्नुपर्छ ।”
उनका अनुसार सुदूरपश्चिम प्रदेशमा मात्र ९ वर्षमुनिका १७५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । धेरै अभिभावकहरु भारतबाट आएको र उनीहरुमा कोरोना संक्रमण सरेको उनले बताए ।
यदि आमाबाबुलाई कोरोना संक्रमण देखिएमा बालबालिकाहरुलाई उनीहरुबाट टाढा राख्नको लागि समेत अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया