काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।
छन्त्यालको बुधवार बिहान काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार गराइरहेका बेला निधन भएको हो ।
मुटु रोग सम्बन्धी समस्याबाट पीडित छन्त्याल बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी थिइन् ।
बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् ।
उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया