काठमाडौं । नेकपा स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकै बेला उनले मन्त्रीहरुलाई बोलाएका छन् । राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बोलाइएको हो ।
ओलीले बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका हुन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीले ८ बजे बालुवाटार बोलाएको बताए ।
मंगलबारको बैठकमा प्रचण्डसहितका एक दर्जन बढी नेताहरुले ओलीले प्रम र अध्यक्ष पद दुबै छाड्नुपर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया