काठमाडौं । पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङको पहलमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकामा खानेपानी आयोजना शुरु गरिएको छ । सो स्थानका स्थानीयले खानेपानीको चर्को अभाव झेल्दै आएकोमा अब भने खानेपानी समस्या सधैंको लागि समाधान हुने देखिएको छ ।
इन्द्रावती गाउँपालिकाको वडा नम्बर ४ देखि १२ वडासम्मका स्थानीयका लागि खानेपानी समस्या समाधानका लागि पूतामाङको पहलमा आउने आर्थिक वर्षमा ४९ करोड ४१ लख ९२ हजार रुपैयाँ बराबरको आयोजना शुरु हुने भएको हो ।
आयोजना सुरुवातका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाले टेण्डर समेत आह्वान गरिसकेको छ । खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ५० करोड बारबारको योजना विनियोजन भएको तामाङले जानकारी दिए ।
आयोजनाका लागि सभामुख अग्नि प्रसाद सापकोटाको विशेष र आफ्नो निरन्तरको प्रयास तथा स्थानीय जनप्रनिधिहरुको सहयोगमा यस क्षेत्रका खानेपानी समस्या समाधानका लागि आयोजना स्वीकृत गर्न सफल भएको सासंद तामाङले बताए ।
आयोजना समयमा नै सम्पन्न गर्नका लागि वडा स्तरमा समेत समिति गठन भएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया