काठमाडौं । नेपालमा थप ६० जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १ सय ९४ रहेको छ ।
आज जुम्लाबाट १ पुरुष, बाँकेबाट १ पुरुष, सर्लाही जिल्लाबाट १५ जना पुरुष, सप्तरी जिल्लाबाट १५ जना पुरुष, पर्साबाट २ पुरुष, महोत्तरीबाट ४ पुरुष, कोशी अस्पतालबाट झापाका ४ महिला र २ पुरुष, मोरङका ३ महिला र २ पुरुष पाँचथरका १ जना महिला सुनसरीका १ महिला र १ पुरुष डिस्चार्ज भएका छन् ।
त्यस्तै धरानबाट मोरङका ८ जना पुरुष डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार आज डिस्चार्ज भएका ६० जना मध्ये ९ जना महिला र ५१ जना पुरुष रहेका छन् । त्यस्तै, कोरोना संक्रमण जितेका कुल ३ हजार १ सय ९४ जनामा २ सय ७७ जना महिला र २ हजार ९ सय १७ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३१६ जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो
नेपालमा आज (मंगलवार) एकैपटक ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २९ जनाको मृत्यु भएको छ ।
त्यसमध्ये २ हजार ९१७ पुरुष र २७७ जना महिला रहेका छन् । नेपालमा हिजो (सोमवार) एकैपटक ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया