काठमाडौं । बितेको २४ घण्टामा काठमाडौंमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमा त्रिभुवन विश्वविध्यालय शिक्षण अस्पताल महाराजगञ्जनमा गरिएको परीक्षणका क्रममा ४ जना महिला तथा ५ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गरिएको परीक्षणमा १ जनामा कोरोना देखिएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।
यसअघि हिजो पहिलोपल्ट उच्च संख्यामा उपत्यकामा संक्रमित थपिएका थिए । काठमाडौंमा ६, ललितपुरमा १ र भक्तपुरमा १ गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज एकैपल्ट काठमाडौंमा मात्रै १२ जनामा कोरोना संक्रमण पुष्टि भएका कारण जोखिम बढेको बुझ्न सकिन्छ ।
नेपालमा आज (मंगलवार) एकैपटक ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले नेपालमा बितेको २४ घण्टामा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २९ जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म ३ हजार १९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
त्यसमध्ये २ हजार ९१७ पुरुष र २७७ जना महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ६० रहेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये ९ जना महिला र ५१ जना पुरुष छन्।
नेपालमा हिजो (सोमवार) एकैपटक ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया