काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको रणनीति अन्तर्गत सरकारले गरेको लामो समयको लकडाउनपछि बाहिरबाट मानिसहरु राजधानी आउन थालेका छन् । त्यसरी आउने मानिसहरुलाई प्रहरीले नाकामा रोक्ने तथा फर्काइदिने गरेको पाइएको छ । पछिल्लो समय सरकारले लकडाउन खुकुलो बनाएसँगै मानिसहरु थानकोट, साँगा लगायतका अन्य नाकाहरुमा बाहिरबाट भ्याली छिर्नेको संख्या बढिरहेको छ ।
यसैक्रममा मंगलबार महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जगातीका वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रराज जोशीले आवश्वयक प्रक्रिया पुरा नगरि काठमाडौं नफर्किन आग्रह गरेका छन् ।
‘आवश्यक प्रक्रिया पुरा नगरी राजधानी नफर्किन आग्रह गर्दछु ।’ उनले भने ।
प्रहरीले असार ८ गतेदेखि १४ गतेसम्म १ हजार ५ सय ३ जनालाई राजधानी छिर्ने पूर्वी नाका साँगाबाट फर्काइएको छ । ६ पाङ्ग्रे, ४ पाङ्ग्रे र २ पाङ्ग्रे गरेर ६ सय ६७ सवारी साधानमा आएका ती मानिसहरुलाई फर्काएको डीएसपी जोशीले बताए ।
अत्यावश्यक कामका लागि सम्बन्धित जिल्ला प्रशासन र काठमाडौं प्रशासनसँग समन्वय गरी राजधानी प्रवेश गर्न प्रहरीले आग्रह गरेको भएपनि मानिसहरु विभिन्न बाहानामा काठमाडौं छिर्ने गरेकाले प्रहरीले नाकामा कडाई गरेको छ ।
डीएसपी जोशीका अनुसार पूर्व झापाबाट राजधानी आउन विभिन्न जिल्ला पार गरेर साँगा आइपुगेपछि फर्काउदा निकै असहज हुने गरेकोले अन्य ठाँउमा समेत जाँच गरी पठाउन आग्रह समेत गरेका छन् ।
लामो समयको लकडाउन पछि पछिल्लो समय मानिसहरु काठमाडौं आउने क्रम दिनानुदिन बढेको कारण जोखिम थप बढ्ने भन्दै प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया