काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । गत १० गतेदेखि सुरु भएको बैठकमा ७ मूख्य एजेण्डा तय गरिएको थियो । आज त्यसमध्येको बूँदामा छलफल गर्न बसेको चौँथो बैठकमा दुई अध्यक्षबीच ‘भनाभन’ भएको छ ।
प्रधानमन्त्री एवम् नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बाहिरै देखिनेगरी दोषरोपणहरु हुन थालेका छन् ।
यसैबीच भारतले सरकार ढाल्न खोज्यो भन्ने ओलीको अभव्यिक्तिसँग रुष्ट बनेका प्रचण्डसहित शीर्ष ४ नेताले ओलीसँग प्रमाण मागेका छन् ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे चर्को बहस भएपछि उनीहरुले प्रमाण पेश गर्न माग गरेका हुन् । बैठकमा प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य बामदेव गौतमले भारतले सरकार ढाल्न लागेको भन्ने ओलीको अभिव्यक्तिप्रति प्रश्न गर्दै प्रमाण मागेका हुन् ।
जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो ? भन्दै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए ।
ओलीको राजीनामा समेत माग, के के भयो बैठकमा ?
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटार बैठकमा चर्काचर्की भएपछि प्रचण्डले ओलीसँग अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा मागेको बुझिएको छ ।
नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच विवाद हुँदा राजीनामाको समेत माग हुने अवस्था आएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर ओलीले गल्ती गरेको टिप्पणी गरेका थिए । यस्तै ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने समेत प्रचण्डले बताएका थिए ।
जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए ।
त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए । बैठकमा विवादले नयाँ रुप लिएपछि नेकपा बैठक नयाँ मोडमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया