वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट, भेटियो विप्लव नेतृत्वको पर्चा

दाङ । दाङमा एक वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट भएको छ ।

जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले जानकारी दिए ।

घटनास्थलमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

मुखुण्डो लगाएर चारजनाको समूहमा कार्यालयभित्र प्रवेश गरेका उनीहरुले अध्यक्षमाथि कुटपिट गरेको बताइएको छ । कुटपिट गर्नुको कारण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?