काठमाडौं उपत्यकामा एकैदिन थपिए आठ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र आज एकैपटक ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ६, ललितपुरका एक र भक्तपुरका एक गरि उपत्यकामा आ ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ६ जना पुरुष रहेका छन् भने दुई जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा भक्तपुरका एक पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणका क्रममा काठमाडौंका दुई महिला र दुई पुरुष, पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक पुरुष र ललितपुरका एक पुरुष र त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

यसैबीच नेपालमा आज (सोमवार) एकैपटक ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार १३ हजार २४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २८ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ३ हजार १३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

त्यसमध्ये २ हजार ८६६ पुरुष र २६६ जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १२१ रहेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये १३ जना महिला र १०८ जना पुरुष छन्।

नेपालमा हिजो (सोमवार) एकैपटक ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?