काठमाडौं । भारतबाट तराइका जिल्ला हुँदै राजधानी काठमाडौं आइपुगेको सलह नुवाकोटमा पनि पुगेको छ ।
हिजो(आइतवार) राजधानीमा देखिएको सलह नुवाकोट आएको पुष्टि भएको कृषि ज्ञान केन्द्र नुवाकोटको बाली संरक्षण अधिकृत एलिजा श्रेष्ठले जानकारी दिइन् ।
तर कति संख्यामा आएको भने एकिन भैनसकेको साथै अनुगमन जाने तयारी भैइरहेको र अनुगमन पछि थाहा हुने श्रेष्ठको भनाई रहेको छ ।
कृषि बालीलाई सखाप पार्ने फट्याङ्ग्रा प्रजातीको उक्त किरा शनिवार नेपाल प्रवेश गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया