भिडियोमा हेर्नुहोस् – धान दिवसमा प्रधानमन्त्रीको यस्तो आह्वान

काठमाडौं – मानो रोपेरमुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन प्रत्येक वर्ष देशभर राष्ट्रिय धान दिवस मनाईन्छ ।

रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । यस वर्ष राष्ट्रिय धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ तय गरिएको छ । तर कोरोना भाईरस कोभिड १९ को जोखिम नघटेको कारण यसवर्ष नेपालमा औपचारीक रुपमा त्यस्ता कार्यक्रम राखिएका छैनन् ।

यद्यपी केहि कार्यक्रम राखिए सामाजिक दूरी कायम गरी मनाउने, मास्क सेनिटाईजर प्रयोग गरी सचेत रहन भनिएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार भएकोले उत्साहका साथ धान दिवस मनाउन आह्वान गरेका हुन् । कृषि क्षेत्रमा क्रान्ति ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायीकरण र मेसिनीकरण आवश्यक रहेको बताउँदै शुभकामनामा भनिएको छ ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम महत्वपूर्ण र कृषिको आधुनकीकरणसम्बन्धी बहुआयामिक कार्यक्रम हो ।

यस कार्यक्रमलाई सफल पार्दै हामीले नेपालमा कृषि क्षेत्रमा क्रान्ति ल्याउनुपर्छ ।’राष्ट्रिय अर्थतन्त्रमा धानको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सरकारले धानको उत्पादन वृद्धि गरी दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् । अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने उनको भनाई छ ।

https://www.facebook.com/neptv2041/videos/990291351408047/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?