काठमाडौंका होटल र पार्टी प्यालेसमा बिहे नगर्न प्रशासनको उर्दी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटल तथा पार्टी प्यालेसमा मानिसहरु जम्मा भइ विवाह तथा भोजभतेर नगर्न निर्देशन दिएको छ ।

कोरोना रोकथामका लागि गत जेठ २६ गते बसेको मन्त्रीपरिषद्को निर्णयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बाहेक अन्य प्रयोजनमा पार्टी प्यालेस सञ्चालन गर्न रोक लगाएको थियो । पछिल्लो समय सरकारले लकडाउन केही खुकुलो बनाएसँगै होटल तथा पार्टी प्यालेसमा विवाह तथा धार्मिक सास्कृतिक कार्य धेरै हुने गरेको भन्दै त्यसो नगर्न आग्रह गरेको हो ।

साथै होटल तथा पार्टी प्यालेस सञ्चालन गरी मानिसहरुको जमघट गरेमा कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?