काठमाडौं । कोरोना भाइरसको प्रकोप नेपाल सहित विश्वका २१३ वटा देशहरुमा तीव्र गतिले फैलिरहेको छ ।
विश्वमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट ४ लाख ९७ हजार ६७ जनाको मृत्यु भईसकेको छ भने ९९ लाख १२ हजार ६३७ जनालाई संक्रमण भएको छ । त्यस्तै ५३ लाख ६२ हजार ५८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ हजार ६१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वलाई ने सावधानी अपनाउन चेतावनी दिँदै कोरोना भाइरसविरुद्धको भ्याक्सीन बन्न १२ देखि १८ महिनासम्म लाग्न सक्ने बताएको छ ।
विश्वमा आएका यस्ता महामारीको औषधि बनाउने क्रममा सबैभन्दा कम समय इबोलाको भ्याक्सीन बनाउन लागेको भन्दै डब्ल्यु एचओले कोरोनाबाट बच्न सावधानी अपनाउनु पर्ने आवश्यकता रहेको बताएको छ ।
इबोलाको औषधि बनाउन ५ वर्षको समय लागेको थियो । अन्तर्राष्ट्रिय स्वास्थ्य निकायले एक बयान जारी गर्दै सामान्य रुपमा भ्याक्सीन बनाउन ८ देखि १० वर्ष लाग्ने र अहिलेको यो महामारीालई रोक्न त्यसको समयावधि क मगर्न लागेको बताएको छ ।
अन्तर्राष्ट्रिय स्वास्थ्य निकायले कोरोनाको भ्याक्सीन बनाउने आफ्नो लक्ष्य १२ देखि १८ महिना रहेको बताएको छ । यदि यस्तो स्म्भव भएमा सोच्न नसकेको कुरा हुने पनि बताइएको छ ।
डब्ल्युएचओले भन्यो, एक स्टडीबाट थाहा भएको छ कि, वैश्विक जनसंख्याको सानो स्तरमा कोरोनाबाट बच्नको लागि इम्युनिटी हासिल गरेको छ । तर कोरोनाको महामारी रोक्नुको एकै विकल्प भनेको भ्याक्सीन नै रहेको बताइएको छ ।
सबैमा कोरोना भाइरसको खतरा रहेको बताउँदै डब्ल्युएचओले यस महामारीलाई रोक्न सबैसँग उपचारको सबै साधन आवश्यक रहेको बताएको छ ।
साथै उपचारका लागि पैसा हुनुहरुसँग मात्र यसको भ्याक्सीन पुग्नु नहुने डब्ल्युएचओले बताएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया