काठमाडौं । शुक्रवार नेपाल सरकारले राजपत्रांकित प्रथम श्रेणी (अ प्रा) सहसचिव पदको नतिजा सार्वजनिक भएको छ ।
लिखित परीक्षाबाट छनोट भएका २८ जना मध्ये २२ जनाले सहसचिव नाम निकाल्न सफल भएका छन्।
गत जेठ ३ गते लिएको लिखित र अन्तर्वार्ता परीक्षामा सहभागी परीक्षार्थीको प्राप्तांकका आधारमा उनीहरूलाई लोकसेवा आयोगले सिफारिस गरेको हो।
कास्कीका नवराज ढुंगाना, ओखलढुंगाका तीर्थराज भट्टराई, कैलालीका लीला प्रसाद शर्मा, लमजुङका बन्धुप्रसाद बास्तोला, बाग्लुङका प्रकाश पौडेल, भक्तपुरका नारायण प्रसाद अर्याललगायत सहसचिवमा सिफारिस भएका छन् । त्यस्तै अन्य ५ जना वैकल्पिकमा परेका छन् ।
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/06/loksewa.pdf”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया