कोरोनाको कारण थप १ जनाको मृत्यु, मृतक संख्या २७ पुग्यो

काठमाडौं । नेपालमा थप १ जनाको कोरोनाको कारण ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

ज्यान गुमाउनेमा अन्दाजी २५/३० वर्षीया महिला रहेकी छिन् ।

ती महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत अवस्थामा प्रहरीले भेटाएको थियो । र उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । जाँच गर्दा उनको मृत्यु भइसकेको थियो । र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा शुक्रवार नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनको पहिचान नभएको र कहाँको भनि खोजी कार्य भइरहेको प्रवक्ता गौतमले बताए ।

नेपालमा बितेको २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

हालसम्म २ हजार ६ सय ९८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ८ महिला र ४० पुरुष गरी ४८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?