काठमाडौं । नेपालमा थप ४८ जनाले कोरोनासंक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा २ हजार ६ सय ९८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
आज धरानबाट मोरङका १ महिला र १९ जना पुरुष, सुन्सरीका १ महिला गरी जम्मा २१ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौंको बलम्बुबाट सोलुखुम्बुका १ पुरुष, बाराका १ महिला, रौतहटका १ जना पुरुष गरी ३ जना डिस्चार्ज भएका छन् ।
पाटन अस्पतालबाट रामेछापका १ पुरुष, काठमाडौंका २ महिला गरी ३ जना हिस्चार्ज भएका छन् ।
महिला विकाश कार्यालय तम्घासबाटा गुल्मीका १ जना महिला र १२ जना पुरुष, महेन्द्र मा वि तम्घासबाट गुल्मीका १ जना महिला र ३ जना पुरुष, जलेश्वर अस्पतालबाट महोत्तरीका १ महिला र २ जना पुरुष रहेका छन् ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज डिस्चार्ज भएका ४८ जना मध्ये ८ जना महिला र ४० जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ५९३ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ११,७५५ पुग्यो
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । थपिएकामध्ये १०७ जना महिला छन् भने ४८६ जना पुरुष संक्रमित छन् ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ । नेपालमा हिजो (बिहीवार) एकैपटक ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
साथै, आज नेपालमा थप १ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेकाको संख्या २७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया