काभ्रे । काभ्रेमा बुद्धचित्तको माला लुटपाट गर्न आएको एक समुहले गोली चलाएको छ । रोशी गाँउपालिकामा बुद्धचित्तको माला लुटपाट गर्न आएको समुहले गोली चलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको र घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
जिल्लाको रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको प्रहरीले जनाएको छ ।
उक्त समुहले बम राखेर बाटो रोकेको कारणले प्रहरी त्यहाँ जान नसकेको जनाइएको छ । बिहीवार राती भएको उक्त घटनामा संलग्नहरुको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया