काठमाडौं – लकडाउन (बन्दाबन्दी) को समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् ।
बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा गरेको अभिलेखीकरणअनुसार बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत ९६४ जना ) छिमेकी रहेका छन् ।
ओरेकले बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा गरेको अभिलेखीकरणअनुसार आठ सामूहिक बलात्कार र नौ वैवाहिक बलात्कारसम्बन्धी घटनासमेत रहेका छन् । १२ प्रतिशत १७ जना परिवारका सदस्य, नौ जना प्रेमी ठानिएको व्यक्ति, तीन घटना सेवाप्रदायक, तीन शिक्षक र ३१ जना अञ्जान व्यक्तिबाट बलात्कारका घटना भएको पाइएको ओरेकले जनाएको छ ।
ओरेकले यही असार ५ गतेसम्म ५७ जिल्लाबाट ७३० जना महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण गरेको जनाएको छ । जसमध्ये ४२४ घरेलु हिंसा, १०९ बलात्कार, ७४ सामाजिक हिंसा, ३१ आत्महत्या, २७ यौन दुव्र्यवहार, २५ बलात्कारको प्रयास, १६ हत्या, ११ साइबर अपराध, चार हत्या वा आत्महत्या पुष्टि हुन बाँकी, चार हत्याको प्रयास, तीन मानव बेचविखन, दुई आत्महत्याको प्रयाससँग सम्बन्धित घटनाहरु रहेका छन् ।
ओरेकद्वारा सञ्चालन गरिएको तीन वटा हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंसस्थाबाट यी घटनाहरु अभिलेखीकरण गरिएको ओरेकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया