शव व्यवस्थापनमा अवरोध गर्ने ८ जना पक्राउ, भीड नियन्त्रण गर्न प्रहरीले चलायो गोली

काठमाडौं । कोरोनाको कारण मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन अवरोध गर्ने पोखराका स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाको अर्जुनचौपारीका पुरुषको बुधवार राती निधन भएको थियो ।

उनको शव व्यवस्थापन गर्न पोखरा ३२ मा मजुवामा सेतीनदी किनारनजिकै लैजाँदा बिहीवार स्थानीयले प्रहरीमाथि हस्तक्षेप गरेका थिए ।
त्यहाँ वरपर संक्रमण फैलिन्छ भन्दै स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाइ फायरिङ गरि अवरोध सिर्जना गर्ने ८ जनालाई पक्राउ गरेको छ ।

शव व्यवस्थापनमा अवरोध गर्न आएका स्थानीयले सशस्त्रको गाडी तोडफोडसमेत गरेका छन् ।

स्थानीयले शव गाड्न डोजरले खाल्डो खन्न लाग्दा अवरोध गरेपछि ८ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

स्याङ्जाका ती संक्रमित मधुमेह र नियोनियाका पनि बिरामी थिए। उनलाई उपचारका लागि ८ गते पोखरा ल्याइएको थियो। उनलाई कोरोना संक्रमणको पुष्टि पनि त्यसै दिन भएको थियो। त्यसअघि उनी गाउँमा सामाजिक कार्यमा सहभागी भएको बताइएको छ। उनको भने ट्राभल हिस्ट्री स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?