काठमाडौं । रुकुम हत्याकाण्डमा चौरजहारी नगरपालिका-८ का वडाध्यक्ष डम्मर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुकुमले आदेश दिएको छ ।
मृतक नवराज विकको प्रेमीका भनिने किशोरीकी आमासँग एक लाख रुपैयाँ धरौटी माग गरिएको छ।
त्यस्तै उक्त घटनामा संलग्न तीनजनालाई साधारण तारेखमा छाडिएको छ ।
गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारीमा नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको हत्या प्रकरणमा ३४ जनाविरुद्ध अदालतमा मुद्धा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया