प्रधानमन्त्री ओलीलाई १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको यस्तो आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना गरेको भन्दै त्यस्तो आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता प्रकाश मणी शर्मा समेत निवेदक रहेको उक्त मुद्धामा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शर्मा र डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्तहरु खगेन्द्र सुवेदी, विष्णु भुसाल, कमल कोइराला, सन्तोष भण्डारीको बहस सुनेपछि सर्वोच्चले दिएको आदेश यस्तो छ:

“यस निवदेकले यस अदालतबाट कोभिड १९ को सन्दर्भमा नेपालको संविधानको धारा १३३ र सर्वोच्च अदालत नियमावली ४९ समेत बमोजिम जारी भएको मिति २०७७ १ को महिना ५ गते अन्तरिम आदेश अवज्ञा गरेको भन्ने प्रश्न उठाइ विपक्षी उपर अदालतको अवहेलना कारवाही गरि पाउँ भनि निवेदन दिएको देखिँदा उपरोक्ता आदेशमा उल्लेखित विभिन्न ७ वटा अन्तरिम आदेशमो पालना कसरी गरिएको छ ती आदेश पालना नगर्न कुनै आदेश, निर्देशन दिएको हो वा होइन तत्सम्बन्धमा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारण सहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र यस अदालतमा आफै उपस्थित भइ वा आफ्नो कानूनी प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनि विपक्षीहरुका नाममा यो आदेश र निवेदनको प्रतिलिपी समेत साथै राखी म्याद सूचना पठाइ म्याद भित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु ।”

पुरा आदेश पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?