काठमाडौं । नेपालमा आज थप ११४ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ ।
कोरोना जितेर घर फर्किनेमा जलेश्वर अस्पताल महोत्तरीबाट १ जना महिला , १८ पुरुष, सप्तरीबाट २० पुरुष, सिन्धुलीबाट ३ पुरुष, भरतपुर अस्पताबाट नवरपरासी पूर्वका १ पुरुष र नवलपरासी पश्चिमबाट २ पुरुष र चितवनका ५ महिला र १३ पुरुष रहेका छन् ।
त्यस्तै कपिलवस्तुबाट १ महिला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका ४ पुरुष, मोरङका १८ पुरुष, सुनसरीका १ महिला र १ पुरुष, तेह्रथुमका १ पुरुष रहेका छन् ।
त्यस्तै दमौली अस्पतालबाट १ पुरुष, धौलागिरी अस्पतालबाट बाग्लुङका ४ पुरुष, गोरखा अस्पतालबाट १ पुरुष, जिपि कोइराला तनहुँका ७ जना पुरुष र कालिका अस्पतालबाट १ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० हजार ७२८ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया