काठमाडौं । भक्तपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा भक्तपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा प्रवक्ता गौतमले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको निगरानीमा रहेको बताएका छन् ।
यसैबीच नेपालमा आज (बुधवार) एकैपटक ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म २४ जनाको मृत्यु भईसकेको छ भने २ हजार ३३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप ११४ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यसैबीच नेपालमा हिजो मंगलवार एकैपटक ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया