काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कामकारवाही उपयुक्त नभएको बताएका छन् ।
एमसीसी लगायतका विषयमा छलफल हुने भनिएकाले महत्वपूर्ण मानिएको आजको बैठकले विभिन्न ७ एजेण्डाहरु तय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातबुँदे एजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई सम्बोधन गरेका थिए।
बैठकका सात एजेण्डाबारे आगामी असार १२ गते बस्ने अर्को बैठकमा छलफल गरीने प्रवक्ता श्रेष्ठले बताए ।
उक्त बैठकमा बोल्दै नेकपाका अध्यक्षसमेत रहेका पार्टीका प्रधानमन्त्री ओलीले कोरोना महामारीका बेला सरकारले राम्रो काम गरेको बताएका थिए । भने अर्का अध्यक्ष प्रचण्डले सरकारले कोरोना महामारीमा सरकारले उपयुक्त काम गर्न नसकेको टिप्पणी गरेका थिए ।
अध्यक्ष प्रचण्डले तत्कालिन माओबादी र एमालेबीच पार्टी एकता हुनुभन्दा एक दिन अघि गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै गुनासो गरे । उनले २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्वयन नभएकोमा गुनासो गरेपछि ओलीले कमजोरी भएको भए सुधार्ने बचन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया