काठमाडौं । ग्लेनमार्क फर्माक्युटिकल्सले कोरोनाका बिरामीहरुको लागि उपयोगी हुने ‘फाबिफ्लु’ नामक एन्टिभाइरल औषधि बजारमा ल्याएको छ । कोरोना महामारीका विरुद्ध लड्नको लागि भारतमा पहिलोपटक तयार गरिएको उक्त औषधिको बजार मुल्य १ सय ३ भारु प्रति चक्की राखिएको बताइएको छ ।
२ सय एमजी ट्याबलेटमा यो औषधि उपलब्ध हुन र ३४ वटा ट्याबलेटसहितको स्ट्रिपको अधिकतम मुल्य ३५ सय भारु पर्ने ग्लेनमार्क फर्माक्युटिकल्सले जनाएको छ । कोरोना विरुद्ध लढ्नको लागि उक्त औषधिलाई भारत सरकारले पनि स्वीकृती दिएको छ ।
फाबी फ्लु डाक्टरको प्रेस्किप्सनअनुसार प्रयोग गर्नुपर्ने औषधि हो । जसअनुसार पहिलो दिनमा १८ सय एमजीको डोज दुई पटक र त्यसपछि १४ दिनसम्म निरन्तर ८ सय एमजी डोज दैनिक दुईपटक प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ ।
‘हरेक बिरामीलाई न्युनतम दुई स्ट्रिप्सको हिसाब गरेर झन्डै ८२ हजार ५ सय बिरामीका लागि पहिलो महिनामा फाबीफ्लु उपलब्ध गराउन ग्लेनमार्क सफल हुनेछ,’ आफ्नो उत्पादन क्षमताबारे कम्पनीले भनेको छ, ‘हामी बदलिदों अवस्थालाई नजिकबाट निगरानी गर्नेछौं, हामी देशको स्वास्थ आवश्यकतालाई पूरा गर्नेगरी काम गर्नेछौं ।’
कम्पनीले औषधि आपुर्तिका लागि अस्पताहरुसँग सहकार्य गर्छ ? भनेर सोधिएको प्रश्नमा मुम्बईमा रहेको यस कम्पनीले भनेको छ,‘हाम्रो अहिलेको प्रयास आवश्यकता परेका सबै बिरामीका लागि उपलब्ध फाबिफ्लु उपलब्ध गराउनेगरी उत्पादनलाई प्राथमिकतामा राख्नु हो ।’
यस कम्पनीले शुक्रबार मात्र औषधिको उत्पादन र बजारीकरणका लागि भारतको औषधि नियन्त्रण विभाग (डिसीजिआई) बाट स्वीकृती पाएको थियो ।
भारतमा कोरोना महामारीको दर दिनानुदिन बढिरहेको छ । एशियाली देशहरुको कुरा गर्ने हो भने भारत नै सबैभन्दा पहिलो नम्बरमा रहेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ४१ हजारभन्दा धेरैमा संक्रमण फैलिएको र १४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया