काठमाडौं – यतिबेला नागरिकताको विषयले नेपाली राजनीति तातेको छ । यसैबीच बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने निर्णयमा सांकेतिक तरीकाले समर्थन जनाएकी छिन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वैवाहिक अंगीकृतले नागरिकता ७ वर्षमा पाउने निर्णय गरेको थियो।
आइतवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विदेशी महिलाले ७ वर्षमा नागरिकता पाउने प्रावधानसहित नागरिक ऐन संशोधन विधेयक बहुमतले पारित गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेवादी दलले व्यापक विरोध जनाइरहेका बेला अभिनेत्री मनिषाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नागरिकतासम्बन्धी भीम रावलको लेख र नेकपाको निर्णयलाई पनि शेयर गरेकी छिन्।

उनले नागरिकता विधेयकको पक्षमा गरिएका केही ट्वीटहरु रिट्वीट गरेपछि उनले यस निर्णयमा समर्थन गरेको बुझ्न सकिन्छ ।


उनले लेखेकी छिन् :
‘क्षेत्रीय सम्प्रभुता, राजनीतिक सार्वभौमिकता, आर्थिक सार्वभौमिकता जोडिएर सार्वभौम राष्ट्र बन्छ। यसमा गहन रुपमा सोचौं,’ उनले ट्वीटरमा भनेकी छिन्।

कोरोना भाईरस ‘कोभिड – १९’ को महामारीकाबीच केहि समय अगाडी उनी नेपाल आएकी छिन् ।
यसअघि नेपालको अतिक्रमित भूमिका विषयलाई लिएर स्पष्ट मत व्यक्त गरेपछि उनीमाथि भारतिय मिडिया खनिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया