कोरोना संक्रमितले किन रुनु हुँदैन ?

काठमाडौं । सारा विश्व अहिले कोरोना भाइरससँगको लडाईमा छ । कोरोना भाइरस जति सुक्ष्म छ त्यति नै खतरनाक पनि छ ।

वैज्ञानिकहरु यसविरुरुद्धको भ्याक्सीन बनाउन लागि परेका छन् । तर अहिलेसम्म कुनै पनि ठूलो उपलब्धि भने हात लाग्न सकेको छैन ।

वैज्ञानिकका अनुसार कोरोना भाइरस कपालको तुलनामा ९०० गुणा सानो रहेको छ । तर यसको संक्रमणले सारा विश्व रोएको छ । यसैबीच एक शोध मार्फत वैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुले आफ्नो शोध मार्फत कोरोना भाइरसको संक्रमण आँशुबाट पनि सर्ने बताएका छन् ।

यो दाबी व्यांगलोर कलेज एण्ड सिर्च सेन्टर र भिक्टोरिया हस्पिटलको संयुक्त अध्ययमा गरिएको हो ।

शोधकर्ताहरुका अनुसार आँशुबाट पनि कोरोना भाइरसको आरएनए पाइने गरेको बताएका छन् ।

अहिलेसम्म वैज्ञानिकहरुले कोरोना भाइरस ड्रपलेट र एरोसोलबाट नै फैलिएको थाहा पाएका छौँ । तर यो अनुसन्धानले सबैलाई अचम्मित बनाइदिएको छ ।

४५ मानिसमा भयो टेस्ट

शोधकर्ताहरुका अनुसार ४५ कोभिड १९ संक्रमितमा टेस्ट गरिएको थियो । यस टेस्टको समयमा एक संक्रमितको कन्जक्टिवा स्वाबमा कोरोना भाइरस पाइएको थियो ।

२४ वर्षीय युवक जो कोरोनाबाट संक्रमितको आँशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसैले वैज्ञानिकहरुले आँशुबाट टाढै रहन सुझाएका छन् । विशेष गरि नेत्ररोगीहरुले सावधानी अपनाउनु पर्ने बताएका छन् ।

यी लक्षणबाट फैलिनसक्छ कोरोना

शोधकर्ताहरुले आँखाबाट निस्किएको आँशुद्वार साधारण किसिमले कोरोना भाइरस फैलिन सक्ने बताएका छन् ।

उक्त आँशुलाई कोहि स्वस्थ व्यक्तिले सुँघेको खण्डमा पनि संक्रमण सर्न सक्दछ । यदि कोहि व्यक्तिलाई चिप्लो पानी आँखामा आउने, जलन हुने हुन्छ भने यस्तो मानिबाट कोरोना संक्रमण छिटै फैलिन सक्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?