संक्रमित तीव्र गतिले बढ्न थालेपछि ‘डब्ल्युएचओ’ले गर्यो यस्तो अपील

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार एकैदिनमा कोरोना भाइरसको सबैभन्दा धेरै केस आइतवार पाइएका छन् ।

आईतवार विश्वमा १ लाख ८३ हजार भन्दा धेरै नयाँ केस पाइएका हुन् ।

ब्राजिलमा मात्रै आईतवार ५४ हजार ७७१ जना संक्रमित फेला परेका छन् भने अमेरिकामा ३६ हजार ६१७ जना संक्रमित पाइएका हुन् ।

डब्ल्युएचओले यति ठूलो संख्यामा संक्रमित पाइनुको मुख्य कारण लकडाउन हटाउनु भएको बताएको छ ।

सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अहिलेसम्म अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म १ लाख २२ हजार २४९ जनाको मृत्यु भईसकेको छ भने २३ लाख ५६ हजार ७१५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ब्राजिलमा पनि दिनप्रतिदिन कोरोना संक्रमित र मृतकको संख्या तीव्र गतिले बढी रहेको छ ।

जसका कारण ब्राजिलका जनताहरु राष्ट्रपति जायर बोल्सनारोसँग रुष्ट छन् । त्यहाँ १० लाख ८६ हजार ९९० जनालाई संक्रमण भएको छ भने अहिलेसम्म ५० हजार ६५९ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ ।

यो संक्रमणको दर तीव्र गतिले बढेसँगै विश्व स्वास्थ्य संगठनले लकडाउन गर्न सुझाएको छ ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ४ लाख ७१ हजार १७६ जनाको मृत्यु भईसकेको छ भने ९० लाख ७२ हजार ६४२ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?