काठमाडौं । नेपालमा थप ३ सय ७० जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या २ हजार १ सय ४२ पुगेको छ ।
आज कोरोना विशेष अस्पताल दाङबाट १ जना महिला र ५ जना पुरुष गरी ६ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । प्रादेशीक अस्पलात सुर्खेतबाट ४ जना महिला २ जना पुरुष गरी ६ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै, कालिकोट अस्पतालबाट २ जना महिला र २६ जना पुरुष गरी २८ जना डिस्चार्ज भएका छन् ।
प्रवक्ता गौतमका अनुसार दैलेख अस्पताल दुल्लुबाट १९ जना महिला र २ सय ४६ जना पुरुष गरी २ सय ६५ डिस्चार्ज भएका छन् । सल्यान अस्पतालबाट १ जना महिला र ३६ जना पुरुष गरी ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
साथै, नारायणी अस्पतालबाट २ जना महिला र ९ जना पुरुष गरी ११ जना डिस्चार्ज भएका छन् । धादिङ अस्पतालबाट ४ जना महिला र १३ जना पुरुष डिस्चार्ज भएका छन् ।
आज कोरोना संक्रमण जित्ने ३ सय ७० जना मध्ये ३२ जना महिला र ३ सय ३८ जना पुरुष रहेका छन् ।
त्यस्तै कोरोना संक्रमण कुल निको भएका २ हजार १ सय ४२ जना मध्ये १ सय ६१ जना महिला र १ हजार ९ सय ६१ जना पुरुष रहेका छन् ।
बितेको २४ घण्टामा थपिए ५३५ जना कोरोना संक्रमित, नेपालमा कुल संख्या ९,५६१ पुग्यो
नेपालमा आज (सोमवार) एकैपटक ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार ५६१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २३ जनाको मृत्यु भईसकेको छ भने २ हजार १४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् । नेपालमा हिजो (आईतवार) एकैपटक ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया