काठमाडौं । कोरोना महामारीको कारण युनाईटेड अरब इमिरेट्स (युएई) मा समस्यामा परेको नेपालीहरुको उद्धार गरिएको छ । रोजगारीको शिलशिलामा युएईमा समस्यामा परेका थप १ सय ६५ जना नेपाली आज नेपाल फर्किएका छन्।
एयर अरबियाको जहाजको उडान नम्बर जि-९-७१५१ मार्फत युएईको शारहजाबाट स्थानीय समय सोमवार बिहान ११:१५ बजे एक सय ६५ जना स्वदेश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् ।
त्यस्तै गत जेठ २४ गते पहिलोपटक त्यहाँ रहेका १ सय ६८ नेपाली स्वदेश फर्किएका थिए ।
लकडाउनका कारण विश्वका विभिन्न देशमा समस्यामा परेका नेपालीहरु पछिल्लो समय स्वदेश फर्किन थालेका छन् ।
हिजो (आइतबार ) एकैदिन अन्तर्राष्ट्रिय उडानबाट मात्रै ९२१ यात्रु नेपाल फर्किएका छन् ।
त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो जम्मा १६ चार्टर्ड उडान भएकोमा आन्तरिकतर्फ ६ यात्रु उद्धार तथा कार्गो उडान भएका थिए ।
हिजो नेपाल एयरलाइन्सले सर्वाधिक चार, हिमालय एयरलाइन्सले दुई, जजीरा एयरले दुई र फ्लाइट दुबईले समान दुई उडान गरेका थिए ।
आन्तरिकतर्फ आज तारा एयरको लुक्लामा एक, मनाङ एयरको लुक्लामा तीन उडान भएका छन् । कैशाल एयरको सङ्खुवासभामा एक र बुद्ध एयरको एक लोकल उडान भएको थियो।
यसअघि यही असार ५ गते पनि एकैदिन अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया