एमसीसीको विषयमा बोले गोकुल बाँस्कोटा

काठमाडौं । पूर्वमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोकुल बाँस्कोटा एमसीसीको विषय पार्टी भित्रको आन्तरिक दाउपेचको मसला बन्नु दुखद रहेको बताउँछन् ।

नेपालमा एमसीसी परियोजनाको शुरुवात भएपछिका सबै प्रधानमन्त्री, अर्थ, उर्जा एवम् परराष्ट्र मन्त्रीहरुले संसदमा बुँदागत रुपमा बहस हुनुपर्ने उनको तर्क रहेको छ ।

पछिल्लो समय विशेषतः कोरोना रोकथाम, सीमा-नक्सा र एमसीसीको विषयमा बहसहरु भइरहेका छन्। सत्तारुढ दलका एक पक्ष एमसीसी पास गर्न नहुने पक्षमा रहेका छन् । त्यस्तै प्रमुख प्रतिपक्षीसहित एक पक्ष भने यसलाई तत्काल पास गर्नुपर्ने पक्षमा रहेका छन् ।

पूर्वमन्त्री बाँस्कोटाले एमसीसी र अन्य विषयमा तथ्य नभइ, हल्लाको भरमा त्यतिकै कोही राष्ट्रबादी वा राष्ट्रघाती हुन्छ भन्दै प्रश्न समेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “|एमसीससी एउटा परियोजना भन्दाबढी नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद। पाँच छ जनाबढी प्रम,अर्थ, उर्जा र परराष्ट्र मन्त्रीहरु कसरी सम्झौताको विन्दुमा पुगे? तीनीहरु प्रत्येक बोल्नु पर्छ र संसदमा बुँदागत बहस।तथ्य हैन,हल्लाका भरमा त्यतिकै कोही किन राष्ट्रवादी र राष्ट्रघाती बन्ने ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?