थप २१ जनामा कोरोना पुष्टि

चितवन- चितवनस्थित भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा २४९ जनाको नमुना परीक्षण गरिएकोमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गैडाकोट वडा १७ नवलपुरका एक पुरुष र वडा २८ का २ पुरुष, माडीका ४ पुरुष, वुलिङटारका १४ पुरुष र भरतपुरका एक पुरुषमा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?