नेपाल भारत सीमामा तारबार लगाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं – नेपाल भारत सीमानामा तारबार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरीषद्को कार्यालय, प्रतिनिधिसभा र राष्ट्रियसभा, कानून मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद् लगायतलाई विपक्षी बनाएर अधिवक्ता शालिकराम सापकोटा, नवल खड्का, गीता सापकोटा, सुवास विश्वकर्माले नेपाल भारतबीचको १ हजार ८ सय ८० किलोमिटर सीमाना रक्षा र संरक्षणका निम्ति चरणवद्ध रुपमा यसै अर्थिक वर्षदेखि तारजाली लगाउन सुरु गर्न सरकारको नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

रिटमा सीमा संरक्षण र सुरक्षा सम्बन्धी कानून, सीमानामा अध्यागमन सम्बन्धी कानून, विशेष सशस्त्र प्रहरी बल सम्बन्धी कानून बनाउन र सीमाना रक्षा गर्न पनि माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?