चार दलको असहमती हुँदाहुँदै राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक बहुमतले पास

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विदेशी महिला नेपालमा विवाह गरि नेपाल आउने विदेशी महिलाहरुलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक बहुमतले पास गरेको छ ।

प्रमुख प्रतिपक्षीसहित अन्य दलका सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरित भएको बताएका थिए ।

प्रमुख विपक्षी नेपाली कांग्रेससहित राजपा, समाजवादी र नेमकिपाले भने फरक मत राख्दा राख्दैपनि समितिले उक्त विधेयक बहुमतले पास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?