साउदीमा अलपत्र परेका नेपाली लिन उड्यो नेपाल एयरलाइन्सको जहाज

काठमाडौं । कोरोना महामारीको कारण साउदी अरबमा अलपत्र परेका नेपालीहरुको उद्धार गरिने भएको छ । त्यहाँ रहेका नेपालीहरुको उद्धार गरी ल्याउनको लागि नेपाली एयरलाइन्सको विमान शनिवार साँझ साउदी अरब तर्फ उडान गरेको छ । नेपाल एयरलाइन्सको जहाज पहिलोपटक साउदी अरबतर्फ उडान गरेको हो ।

त्यहाँ अलपत्र परेका नेपालीहरु लिएर आइतवार बिहान ९ बजे आसपास काठमाडौं आइपुग्ने विमानस्थल स्रोतले जनाएको छ ।

नेपाल सरकारबाट निर्धारण गरिएको मापदण्ड तथा प्रक्रिया अनुसार प्राथामिकताका आधारमा नेपालीहरु फर्काउन लागेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपालबाट इतिहासमै पहिलोपटक नेपाल एयरलाइन्सको जहाज साउदीतर्फ उडेको गोल्याण्ड होलिडेज ट्राभल्स एण्ड टुर्स लिमिडेटका सञ्चालक सरद शर्माले बताए । साथै पछिल्ला दिनहरुमा पनि नियमित उडान गर्न पहल गर्नुपर्नेमा जोड दिइने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?